मुख्य समाचार

आसन्न निर्वाचन सफल पार्न राष्ट्रपति पौडेलको आह्वान

काठमाडौं

राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सफल पार्न आह्वान गर्नुभएको छ । शेर्पा संघले आज आयोजना गरेको ग्याल्पो ल्होसारको अवसरमा आयोजित शुभकामना कार्यक्रममा उहाँले सुशासनमार्फत समृद्धि आउने र समृद्धिबाट मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

 राष्ट्रपति पौडेलले लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन भएको जिकिर गर्नुभयो । यसैबीच, नेपाली कम्युनिस्ट पार्टी नेकपाले अझै पनि निर्वाचन बिथोल्न चाहने शक्ति सक्रिय भएको टिप्पणी गरेको छ ।