मुख्य समाचार

चुनाव विथोल्ने शक्ति सक्रिय भएको नेकपाको आरोप

काठमाडौं

नेपाली कम्युनिस्ट पार्टी नेकपाले अझै पनि निर्वाचन बिथोल्न चाहने शक्ति सक्रिय भएको टिप्पणी गरेको छ । आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचन नजिकिएका बेला सो पार्टीले चुनाव विथोल्ने शक्ति सक्रिय भएको बताएको हो । 

आज आयोजित पत्रकार सम्मेलनमा नेकपाले आचारसंहिता उल्लंघनका घटनाबारे कडाइपूर्वक निगरानी गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । संवैधानिक जिम्मेवारी अनुसार आयोगले निष्पक्ष र भयरहित निर्वाचनका लागि ध्यान केन्द्रित गर्नुपर्ने सो पार्टीका प्रवक्ता अग्नी सापकोटाले बताउनुभयो ।

सो पार्टीले निर्वाचनका लागि सरकार, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत सबै पक्षलाई उच्चतम इमानदारी, जिम्मेवारी र प्रतिबद्धता प्रदर्शन गर्न आव्हान समेत गरेको छ ।