मुख्य समाचार

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राखिने

काठमाडौं

राष्ट्र, राष्ट्रियता र धर्म संस्कृति बचाउ महाअभियानका संयोजक एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्ने अनुमति दिइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप अनुसन्धानका लागि प्रसाईंलाई थप ४ दिन थुनामा राख्न अनुमति दिएको हो।

 आचारसंहिता विपरीतको अभिव्यक्ति दिएको र अफवाह फैलाएको आरोपमा प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रसाईंलाई हिजो राति भक्तपुरको थिमिबाट प्रहरीले पक्राउ गरेको हो। 

यसैबीच, संयोजक प्रसाईंलाई बिना शर्त तत्काल रिहा गर्न आज राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ। वरिष्ठ उपाध्यक्ष रोशन कार्की नेतृत्वको राप्रपाको टोलीले आज गृहमन्त्री ओमप्रकाश अर्यालसंग भेटेर प्रसाईको रिहाइको माग गरेको हो ।