एमालेको घोषणापत्र सार्वजनिक : सुशासन बहालीदेखि विकास योजनासम्म
काठमाडौंएमालेले सुशासन बहालीदेखि विकास योजनाका विभिन्न कार्यक्रमसहित चुनावी घोषणापत्र ल्याएको छ। एमालेले काठमाडौंको एक तारे होटलमा कार्यक्रम गर्दै चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । एमालेले अब पाँच वर्षभित्र नेपालको अर्थतन्त्रको आकार १ सय खर्ब रुपैयाँ पु¥याउने प्रतिवद्धता जनाएको छ । त्यस्तै, हरेक वर्ष ७ देखि ९ प्रतिशतसम्म आर्थिक वृद्धिको लक्ष्य पनि एमालेले राखेको छ ।
घोषणापत्रमा विद्यार्थीलाई २० लाख रुपैयाँ निब्र्याजी ऋण दिने, श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पु¥याउने, स्वास्थ्य स्वयंसेविकाको भत्ता मासिक २० हजार रुपैयाँ दिने, महिलालाई २० लाख रुपैयाँ निब्र्याजी ऋण दिने र गरिब परिवारको ऋण माफ गर्ने योजना पनि समावेश गरिएको छ । त्यसैगरी, एमालेले घोषणापत्रमा तत्काल गर्ने ११ कामको सूची समेटेको छ।
त्यस्तै, निर्वाचनपछि बन्ने सरकारको मन्त्रीपरिषद बैठकबाट तत्काल ११ निर्णय गरि समयसीमा तोकेर काम सम्पन्न गर्ने लक्ष्य लिएको घोषणापत्रमा उल्लेख छ । घोषणापत्र सार्वजनिक गर्दै एमाले अध्यक्ष केपी ओलीले परिश्रमबिनाको कमाइ र सिद्धान्तबिनाको पार्टीमा विश्वास नभएको बताउनुभयो । ओलीले समृद्ध नेपाल, सुखी नेपालीका लागि आफूहरुको निश्चित गन्तव्य रहेको बताउनुभयो ।
अध्यक्ष ओलीले आगामी निर्वाचन देश बनाउने र भत्काउने बीचको जनमत संग्रह भएको बताउनुभयो । संविधानको रक्षा र लोकतन्त्र सुदृढ गर्न निर्वाचनलाई सदुपयोग गर्नुपर्ने ओलीको भनाइ थियो ।
एमाले अध्यक्ष ओलीले भदौ २३ र २४ गते अकल्पनीय घटना भएको र मुलुककोे अस्तित्व मेट्न योजनाबद्ध रुपमा आक्रमण गरिएको आरोप लगाउनुभएको छ ।