रास्वपाको चुनावी वाचापत्र सार्वजनिक
काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कार्यक्रम आयोजना गर्दै घोषणापत्र सार्वजनिक गरेको छ । वीरेन्द्रनगरमा आयोजित कार्यक्रममार्फत सो पार्टीका नेताहरुले सुशासन, पारदर्शिता, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै १०० वूदे प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
भ्रष्टाचार नियन्त्रण, सरकारी सेवामा डिजिटल प्रणालीको विस्तार, युवालाई उद्यमशीलतामा प्रोत्साहन, स्थानीय उत्पादनको बजारीकरण र कर्णालीमा विशेष पूर्वाधार कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता रास्वपाले जनाएको छ ।
सो पार्टीका नेताले परम्परागत राजनीतिक अभ्यासभन्दा फरक शैलीमा काम गर्ने दाबी गरेका छन् भने वाचापत्र कार्यान्वयनका लागि समयसीमा र अनुगमन संयन्त्र समेत बनाउने बताएका छन् ।
रास्वपाका सभापति रवि लामिछानेले देशको अवस्था परिवर्तन गर्न आफूहरुलाई जिताउन आग्रह गर्नुभयो । पाँच वर्ष टिक्ने स्थायी सरकार नभए मुलुक फेरि अस्थिरतातर्फ जान सक्ने लामिछानेको भनाइ थियो । नेपालमा लोकतन्त्रको ठेक्का कुनै दल विशेषले लिनुनपर्ने उहाँले उल्लेख गर्नुभयो।बरिष्ठ नेता बालेन्द्र शाहले कर्णालीको समृद्धिको गहिराइ नाप्ने पार्टी रास्वपा भएको दाबी गर्नुभएको छ ।