मुख्य समाचार

रौतहटको विवाद समाधानका लागि भोलि बिहान सद्भाव ¥याली हुने

काठमाडौं

रौतहटमा दुई समुदायबीच झडप भएपछि उत्पन्न विवाद समाधानका लागि भोलि बिहान सद्भाव ¥याली हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले झडप साम्य पार्नका लागि भोलि विहान सद्भाव ¥याली गर्ने निर्णय गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो । 

शान्तिपूर्ण वातावरण कायम राख्न सरोकारवाला सबै पक्षले सार्वजनिक रुपमा अपिल गर्ने समेत आजको बैठकले निर्णय गरेको छ । बैठकमा झडपका घटनालाई उत्तेजित बनाउनेलाई समेत आवश्यक कारबाही गर्न सुरक्षा निकायलाई सहयोग गर्ने सहमति भएको छ । 

यसैबीच झडपका कारण अवस्था तनाबपूर्ण बनेपछि प्रशासनले लगाएको कफ्र्यु भने यथावत नै राखिएको प्रशासनले जनाएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार हिजोदेखि जारी कफ्र्यु आदेशलाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिुभयो ।

हिजो दिउँसोेदेखि लागू भएको कफ्र्यु आज विहान साढे ६ बजे सम्म निरन्तर रहेको थियो । त्यसपछि अत्यावश्यक कार्यका लागि बिहान साढे ६ बजेपछि साढे ८ बजेसम्म कफ्र्यु खुकुलो पारिएकोमा पुनः बिहान साढे ८ बजेदेखि नै अर्को आदेश जारी नभएसम्म पुनः कफ्र्यु लागू गरिएको हो ।