मुख्य समाचार

अव्यवहारिक नीति र स्रोत अभावका कारण ३० हजारभन्दा बढी आयोजना अलपत्र : निर्माण व्यवसायी

काठमाडौं

नेपाल निर्माण व्यवसायी महासंघले अव्यवहारिक नीति र स्रोत अभावका कारण ३० हजारभन्दा बढी आयोजना अलपत्र अवस्थामा रहेको बताएको छ । निर्माण कार्यमा ढिलाइ हुनुमा ऐन–कानुन र स्रोतसाधनको अभाव तथा न्यून बजेट विनियोजन, त्रुटिपूर्ण डिजाइन र नीतिगत जटिलता लगायत समस्या रहेको महासंघको भनाइ छ । 

महासंघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा २०७३ सालपछि झन्डै १९ खर्ब रुपैयाँ बराबरका एक लाख हाराहारी आयोजना स्वीकृत भएपनि काम अलपत्र अवस्था रहेको जानकारी दिइएको हो । 

यसैबीच महासंघका अध्यक्ष रवि सिंहले केही दिनअघि चुनावी सभामा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले निर्माण व्यवसायीलाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभयो । निर्माण व्यवसायमा रहेका समस्या समाधानका लागि पहल गर्न दलहरुको ध्यानाकर्षण गराएपनि सुधार हुन नसकेको सिंहको भनाइ छ । 

भौतिक पूर्वाधार विकासमा निर्माण व्यवसायीको महत्वपूर्ण योगदान रहँदै आएको भएपनि आपत्तिजनक टिप्पणीले व्यवसायीको तेजोवध गर्ने महासंघको भनाइ छ ।