निर्वाचनका क्रममा सीमानाका ७२ घण्टा सिल गर्न आयोगको सिफारिस
काठमाडौंनिर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टा सिल गर्न सरकारसमक्ष सिफारिस गरेको छ । आयोगका सदस्य सगुन शमशेर जबरा नेतृत्वको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले फागुन २१ का लागि तय भएको निर्वाचनअन्तर्गत नेपाल–भारत र नेपाल–चीन सीमा नाका सिल गर्न सिफारिस गरिएको हो ।
दुवै देशका नागरिक भिसा र सीमावर्ती जिल्लाका हकमा स्थानीय प्रशासनले जारी गरेको अस्थायी पासका आधारमा आवागमन गर्न पाइन्छ । आयोगले निर्वाचनका बेला अत्यावश्यक वस्तु तथा सेवाको हकमा जाँच गराएर र बाँकीको हकमा आवागमन पूर्ण रूपमा बन्द गराउन सिफारिस गरिएको हो ।
यसैगरी मतदान र अघि गरी एक साताका लागि देशभर मदिरा बिक्रीलाई समेत रोक लगाउन सिफारिस गरेको छ । मदिरा सेवन गरेर शान्ति सुरक्षामा खलल पु¥याउने, सामाजिक सद्भाव बिथोल्नेलगायत गतिविधि नियन्त्रणका लागि १ सातालाई बिक्री वितरण रोक लगाउन सिफारिस गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो ।