मनाङका ५ मतदान केन्द्र अति संवेदनशील
- लमजुङहिमाली जिल्ला मनाङको ५ वटा मतदान केन्द्र अति संवेदनशील सूचिमा परेका छन् । नार्पाभूमि गाउँपालिकाको ५ वटै मतदान केन्द्रलाई जिल्ला सुरक्षा समितिले अति संवेदनशील सूचिमा राखेको हो ।
ती मतदान केन्द्रलाई जिल्ला सुरक्षा समितिले अति संवेदनशील सूचिमा राखेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिनुभयो ।
माथिल्लो क्षेत्रको मनाङ ङिस्याङ गाउँपालिका, चामे गाउँपालिका र तल्लो क्षेत्रस्थित नासों गाउँपालिकाका गरी १५ वटा मतदान केन्द्र संवेदनशीलमा परेका छन् ।
बाँकी एउटा अस्थायीसहित ९ वटा मतदान केन्द्र सामान्यमा परेका छन् । ७ हजार मतदाता रहेको मनाङमा महिला ३ हजार ६ सय २३ र पुरुष ३ हजार ३ सय ७७ मतदाता छन् ।