मुख्य समाचार

कंग्रेसको आज रूपन्देही, बागलुङ र कास्कीमा चुनावी सभा

काठमाडौं

आगामी निर्वाचनका लागि एक साता मात्र बाँकी रहँदा दलहरुले चुनावी कार्यक्रमलाई तीव्रता दिएका छन् । नेपाली कंग्रेसले आज एकै दिन रूपन्देही, बागलुङ र कास्कीमा चुनावी सभामा आयोजना गरेको छ । ती सभामा कंग्रेस सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मासहितका नेताले सम्वोधन गरेका थिए । 

रुपन्देहीको बुटवलमा आयोजित सभामा बोल्दै कंग्रेस सभापति थापाले सबै क्षेत्रमा सन्तुलन मिलाएर मुलुकलाई अघि बढाउने सामथ्र्य आफ्नो पार्टीसँग भएको बताउनुभयो । चर्को कुरा गरेर मात्र नहुने उहाँको भनाइ थियो ।

कंग्रेस सभापति थापाले चुनावी प्रचारका लागि सामाजिक सञ्जालको मात्र भर नपर्न कार्यकर्ता पंक्तिलाई आग्रह गर्नुभयो । कंग्रेस बदलिएको सन्देश लिएर नागरिकमाझ पुग्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । यसअघि कंग्रेसले हिजो सुर्खेत र नेपालगञ्जमा सभा आयोजना गरेको थियो ।