स्थायी सरकारका लागि ५ बर्षको मौका दिनुपर्छ : लामिछाने
काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चितवनमा सभा गरेको छ । जनकपुर, धनगढी, सुर्खेत, इटहरी लगायत क्षेत्रमा चुनावी कार्यक्रम गरिसकेको रास्वपाले आज सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र भएको चितवनमा सभा गरेको हो । सभामा बोल्दै सभापति लामिछानेले स्थायी सरकारका लागि आफूहरुलाई ५ बर्षको मौका दिनुपर्ने बताउनुभयो ।
रास्वपा सभापति लामिछानेले सहकारी ठगी प्रकरणको प्रसंगमा घुमाउरो ढंगमा बोल्नुभएको थियो । यसैबीच, चितवनको सभामा बोल्दै वरिष्ठ नेता बालेन्द्र शाहले देशभर आम नागरिकको समस्या एकै प्रकार भएको चर्चा गर्नुभयो । ती समस्या समाधान गर्न रास्वपा तयार रहेको शाहको भनाइ थियो । चितवनको कार्यक्रमपछि रास्वपा सभापति लामिछानेसहितका नेताहरु तनहुँ पुगेका छन् ।