मुख्य समाचार

निर्वाचन निष्पक्ष र धाँधली रहित हुनेमा ढुक्क हुनुहोस ; गृहमन्त्री

काठमाडौं

गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन निष्पक्ष र धाँधली रहित हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । शान्तिपूर्ण वातावरणमा निर्वाचन गर्न सम्पूर्ण तयारी भएकाले निर्धक्क भएर मतदान गर्न समेत उहाँले आग्रह गर्नुभएको हो । 

निर्वाचन सुरक्षा तयारी सम्बन्धी अनुगमनका लागि बझाङ पुगेका अर्यालले निर्वाचनमा बुथ कब्जा र फर्जी मत हाल्ने प्रयास गर्नेमाथि मुद्धा चलाइने बताउनुभयो । 

यसैबीच, निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा सुनसरीमा ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरीलाई उद्धृत गर्दै हाम्रा सहकर्मीले जनाएका छन् ।