म्यानमारमा सैनिक सरकारद्वारा १० हजारभन्दा बढी कैदीलाई आममाफी
- काठमाडौंम्यानमारको सैनिक सरकारले ठूलो संख्यामा रहेका कैदीलाई आममाफी दिएको छ । राज्य सञ्चालित सञ्चारमाध्यका अनुसार आम माफि दिइएका मध्ये अधिकांश राजनीतिक बन्दी, अभियोजनमा रहेका अभियुक्त तथा लुकेर बसेकाहरु रहेको बताइएको छ । यद्यपि सन् २०२१ को सैनिक ‘कू’पछि पदच्युत भई हालसम्म नजरबन्दमा राखिएकी नेतृ आङ साङ सूचीको नाम भने नरहेको समाचारमा उल्लेख छ ।
म्यानमार सरकारकाले किसान दिवसको अवसर पारेर आममाफि दिएको हो । देशको सबैभन्दा ठूलो सहर याङ्गोनस्थित इन्सेन कारागारबाहिर थुनमुक्त भएकाको परिवारका सदस्यहरुको बाक्लो चहलपहल देखिएको समाचारमा जनाइएको छ ।
राज्य सञ्चालित एमआरटीभीका अनुसार सैनिक सरकार प्रमुखले १० हजार १ सय ६२ जना कैदीलाई आममाफी दिएको जनाएको छ । तीमध्ये ७ हजार ३ सय ३७ जना आतंकवादविरुद्धको मुद्दामा दोषी ठहर गरिएको थियो । सोही मुद्दामा विभिन्न स्थानमा लुकेर बसेका १२ हजार ४ सय ८७ जनालाई पनि आममाफी दिई मुद्दा बन्द गर्ने तयारी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।