मुख्य समाचार

भोलि विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान हुने

काठमाडौं

संघीय संसदको तल्लो सदन प्रतिनिधिसभा सदस्य चयनका लागि भोलि निर्वाचन हुँदैछ । प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० सिटका लागि निर्वाचन हुन लागेको हो । निर्वाचन आयोगका अनुसार भोलि विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान हुने व्यवस्था गरिएको छ ।

निर्वाचनमा ६८ दलले प्रत्यक्षतर्फ भाग लिएका छन् । यसैबीच, निर्वाचन आयोगले लोकतन्त्रप्रति जिम्मेवारी पुरा गर्दै प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन अपिल गरेको छ । निर्वाचनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा उत्साहपूर्वक सहभागी भई मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको हो ।

संवैधानिक दायित्व अनुसार निष्पक्ष र विश्वसनिय निर्वाचन गर्न आयोग प्रतिवद्ध रहेको भण्डारीको भनाइ छ । चुनावका सबै तयारी पुरा भइसकेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताउनुभयो ।

यसैबीच, निर्वाचन आयोगले मतगणना शुरु भएको २४ घण्टाभित्र प्रत्यक्ष प्रणालीतर्फको नतिजा सार्वजनिक हुने दावी गरेको छ । त्यसबारे कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भन्नुभयो ।