निर्वाचनको पूर्वसन्ध्यमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता
काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । प्रतिनिधिसभाको पूर्वसन्ध्यामा उहाँहरुबीच भेट भएको हो । राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग प्रधानमन्त्रीले भेट गर्नुभएको हो ।
प्रधानमन्त्री कार्कीले चुनावको तयारीबारे राष्ट्रपति पौडेललाई जानकारी गराएको बताइएको छ । बैठकमा निर्वाचन तयारी, शान्ति सुरक्षा, समसामयिक राजनीतिक अवस्था लगायतबारे पनि उहाँहरुबीच छलफल भएको सचिवालयले जनाएको छ ।