अनिवार्य रूपमा आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न प्रधानमन्त्री कार्कीको अपिल
काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न सर्वसाधारणलाई अपिल गर्नुभएको छ ।
प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा लेख्दै भन्नुभएको छ, “तपाईँको प्रत्येक मत हाम्रो भविष्य निर्धारणका लागि महत्त्वपूर्ण छ । शान्तिपूर्ण निर्वाचनका लागि देखाउनुभएको संयम र समझदारीप्रति आभार ।” प्रधानमन्त्री कार्कीले काठमाडौँ क्षेत्र नं. ५ धापासी निमावि फैमालचुली केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँ मतदान गर्न जानुअघि नै त्यहाँको सुरक्षा व्यवस्थाको कडा निगरानी गरिएको थियो ।