मुख्य समाचार

ताप्लेजुङका सबैजसो उम्मेदवारद्धारा मतदान

ताप्लेजुङ । ताप्लेजुङ १३ राजनीतिक दलका १३ जनै उम्मेद्वार प्रतिष्पर्धामा रहेको हिमाली जिल्ला ताप्लेजुङका सबैजसो उम्मेद्वारले मतदान गरेका छन् । 

एमालेका उम्मेदवार क्षितिज थेवे र रास्वपाका उम्मेदवार विरेन्द्र श्रेष्ठले सिरिजङ्गा गाउँपालिका १ सिमाना मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्र प्रसाद तुम्याहाङले सिरिजङ्गा ७ खेवाङबाट मतदान गर्नुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीका खेलप्रसाद बूढाक्षेत्री परागले सिरिजङ्गा ५ पेदाङ मतदान केन्द्रबाट र श्रम संस्कृति पार्टीका सन्तोष राईले सिरिजङ्गा ८ याम्फुदिनबाट मतदान गर्नुभएको छ । उम्मेदवारमध्ये पाँच जना सिरिजङ्गा गाउँपालिकाका छन् ।

राप्रपाका इन्द्र थापा र जनमुक्ति नेपालका इन्द्र कुमार लिम्बू मिक्वाखोला गाउँपालिका, उज्यालो नेपालका किर्तिमान मादेन, जसपा नेपालका सुर्य तमु गुरुङ, जसपाका अरुण सुब्बा लेछर्बो र मङ्गोल नेशनल अर्गनाइजेसनका सन्तबहादुर लिम्बू फुङलिङ नगरपालिकाका मतदाता हुनुहुन्छ । नेकपा माओवादीका नरपति पौडेल र सङ्घीय लोकतान्त्रिक मञ्चका मुक्साम लाबुङ फक्ताङलुङ गाउँपालिकाका मतदाता हुनुहुन्छ ।