मुख्य समाचार

कालिकोटमा २२ हजार ७ सय ३१ मत खस्यो

कालिकोट । कालिकोट जिल्लाभर मध्यान्ह १२ बजेसम्म २२ हजार ७ सय ३१ मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय प्रमुख बिश्व मंगल शर्माले दिएको जानकारी अनुसार जिल्ला भर उत्साहजनक रुपमा मतदान भैरहेको छ ।

जिल्लामा कुल ८४ हजार ६ सय ४६ मतदाता छन् । जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुयलले बताउनुभयो । एक मात्र निर्वाचन क्षेत्र रहेको कालिकोटमा एक अस्थायी सहित १ सय ४ मतदानस्थल र १ सय २८ मतदानकेन्द्र छन् । अस्थायी मतदान केन्द्र रहेको जिल्ला कारागारमा मतदान सकिने अवस्थामा रहेको छ । सबै ४४ जना कैदीले मतदान गरि सकेको भए पनि जिल्लामा रहेका कर्मचारी र सुरक्षाकर्मी मात्र बाँकी छन् ।