देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
काठमाडौंप्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । एकाध स्थानमा विवाद हुनु बाहेक सबै जसो क्षेत्रमा शान्तिपूर्ण र व्यवस्थित रुपमा निर्वाचन भएको विवरण प्राप्त भएका छन् । १ सय ६५ क्षेत्रमा निर्वाचन भएको हो ।
बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्मका लागि मतदानको समय निर्धारण गरिएको थियो । जेन–जी विद्रोहले तत्कालीन सरकार र प्रतिनिधिसभा विस्थापित भएको ६ महिनापछि २ सय ७५ सदस्यीय प्रतिनिधिसभाका लागि निर्वाचन भएको हो ।
मतदान सकिएपछि विभिन्न जिल्लामा मतपेटिका संकलन गरी तोकिएको स्थानमा लैजाने क्रम जारी रहेको हाम्रा सहकर्मीले जनाएका छन् । काठमाडौं उपत्यका लगायत शहरी र सुगम स्थानमा भने मतगणना आजै शुरु गर्ने तयारी भएको छ ।