धनकुटामा साढे ८ बजे सर्वदलीय बैठक, त्यसपछि मतगणना
धनकुटा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनकुटामा अहिले बिहान ८ :३० बजे सर्वदलीय बैठक बस्ने भएको छ । बैठकपछि मतगणना प्रक्रिया सुरु गरिने बताइएको छ।
धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार सर्वदलीय बैठक सम्पन्न भएपछि मतगणनाको कार्य अगाडि बढाइनेछ।
जिल्लाका दुई अस्थायी सहित सबै १ सय ६८ मतदान केन्द्रबाट मतपेटिका संकलन गरी धनकुटा नगरपालिका–५ स्थित सामुदायिक भवनमा रहेको मतगणनास्थलमा ल्याइसकिएको छ । मतपेटिका संकलन कार्य पूरा भएसँगै अब सर्वदलीय बैठकपछि आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिने तयारी गरिएको जनाइएको हो ।