मुख्य समाचार

कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ को मतगणना सुरु, काग्रेसको अग्रता

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ को मतगणना सुरु भएको छ । 

विहान साढे ३ बजेबाट सुरु भएको मतगणनामा काग्रेसका अभिषेकप्रताप शाहले अग्रता लिनुभएको छ । एकहजार ५५१ मत गन्दा काग्रेसका  शाहले ७६५ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश रजौरियाले २२४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, राष्ट्रिय मुक्ति पार्टीका ईश्वरदयाल मिश्रले १६८ मत, एमालेको वीरेन्द्रकुमार कानोडियाले एकसय ८५ र नेपाली कम्युनिस्ट पार्टीका एहसानअहमद खाले ३६ मत प्राप्त गर्नुभएको छ ।