मुख्य समाचार

चितवनमा रास्वपाको अग्रता, रवि फराकिलो मतान्तरले अगाडी

काठमाडौं

३ वटा निर्वाचन क्षेत्र रहेको चितवका सबै क्षेत्रमा रास्वापा अगाडी देखिएको छ । क्षेत्र नम्बर १ मा रास्वपाका हरि ढकाले ११ हजार ८ सय १३ मत सहित शीर्ष स्थानमा रहँदा एमालेका दावा दोर्जे लामाले ४ हजार ७ सय ३७ मत सहित दोस्रो स्थानमा रहँदा कांग्रेसका राजेन्द्र प्रसाद वुर्लाकोटी ३ हजार ५० मत सहित तेस्रो स्थानमा रहनुभएको छ ।

यस्तै क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रावि लामिछानेले १६ हजार ८ सय ४ को मतान्तर बनाउनुभएको छ । लामिछानेले २६ हजार १ सय २० मत ल्याउँदा कांग्रेसकी मिना कुमारी खरेलले ६ हजार ६ सय ५९ र एमालेका अस्मिन घिमिरेले ५ हजार ६८ मत लयाउनुभएको छ ।

चितवन क्षेत्र नम्बर ३ मा रास्वपाकी सोविता गौतमले ९ हजार ८ सय १४ मतसहित अग्रता कायम राख्नुभएको छ । यस्तै नेकपाकी रेनु दाहालले ८ हजार ३७ मत पाउनुभएको छ भने कांग्रेसका टेक प्रसाद गुरुङले २ हजार ९ सय ३० र एमालेका शंकरराज थपलियाले २ हजार ७ मत पाउनुभएको छ ।