मुख्य समाचार

झापाका ५ वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, बालेन्द्र शाह ११ हजार बढि मतले अगाडि

काठमाडौं

झापाका समग्र ५ निर्वाचन क्षेत्रमै रास्वपाले अग्रता कायम राखेको छ । सर्वाधिक चर्चामा रहेको झापा क्षेत्र नम्बर ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह १५हजार १ सय ६१ मत प्राप्त गर्दै अग्रता कायम गर्नुभएको छ ।

 त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीले भने ३ हजार ३ सय ४४ मत प्राप्त गर्नुभएको छ । शाहले ११ हजार बढि मत सहित अग्रता कायम राख्नुभएको छ । तेश्रोमा भने श्रम संस्कृति पार्टीका समिर तामाङले १ हजार ६ सय ७ मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै, झापा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपा निशा डाँगीले ७ हजार ९ सय ४३ मत प्राप्त गर्दै अग्रता कायम गर्नुभएको छ । श्रम संस्कृति पार्टीका केवलराम राई २ हजार ५सय १३ मत प्राप्त गर्दै दोश्रो स्थानमा रहनुभएको छ ।

त्यस्तै, झापा क्षेत्र नम्बर २ मा रास्वपाकी इन्दिरा राना मगरले १० हजार ४ सय ४३ मत प्राप्त गर्दै अग्रता कायम राख्नु भएको छ भने एमालेका देवराज घिमिरेले १ हजार ७ सय ३ मत प्राप्त गर्नुभएको छ । 

 झापा क्षेत्र नम्बर ३ का रास्वपाका प्रकाश पाठकले ९ हजार २सय ६४ मत प्राप्त गर्नुभएको छ भने राप्रपाका राजेन्द्र लिङ्देनको ४ हजार ९ सय २४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, निर्वाचन क्षेत्र नम्बर ४ मा रास्वपाका शम्भु प्रसाद ढकालले १ हजार ७ सय ७५ मत प्राप्त गर्नुभएको छ ।