रूपन्देहीका पाँचवटै निर्वाचनमा रास्वपा विजयीउन्मुख
-बुटवल । पाँच निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा सबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित सुनिश्चित गरेको छ । क्षेत्र नं. ४ मा रास्वपाका कन्हैया बानिया बिजयी भइसक्नुभएको छ । बाँकी चारवटा क्षेत्रमा पनि रास्वपा फराकिलो अन्तरसहित बिजयीउन्मुख देखिएका छन् ।
९७ हजार २ सय ११ मत खसेको रूपन्देही १ मा अहिलेसम्म झण्डै ४५ हजार मत गणना सकिएको छ । जारी मतगणनामा रास्वपाका सुनिल लम्सालले २३ हजार ७ सय ७७ मतसहित अगाडी हुनुहुन्छ । उहाँलाई राप्रपाका प्रज्वल बोहोराले पछ्याईरहेपनि १८ हजार ९ सय ९५ को मतान्तर रहेको छ । तेस्रोमा रहेका नेपाली कांग्रेसका हिराबहादुर केसीले ५ हजार ५५ मत मात्र ल्याउनुभएको छ ।
त्यस्तै, रूपन्देही २ मा रास्वपाकै सुलभ खरेल ३८ हजार ९९२ मतान्तरसहित अगाडि हुनुहुन्छ । उहाँले खसेको ८६ हजार ७ सय १५ मत मध्ये ७१ हजार ८ मत गणना हुँदा ५० हजार १४४ मत ल्याउनुभएको छ । एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले ११ हजार १५२ र कांग्रेसका चुन्नप्रसाद पौडेलले ८ हजार १७ मत मात्र ल्याउनुभएको छ ।
क्षेत्र नं. ३ मा रास्वपाकै डा. लेखजंग थापाले खसेको ९७ हजार ३८७ मध्ये ५३ हजार ८२२ मत प्राप्त गरी ३८ हजार ९९२ मतान्तरसहित अगाडि हुनुहुन्छ । उहाँलाई कांग्रेसका सुशिल गुरुङले ७ हजार ३८६ मत ल्याएर पछ्याईरहनुभएको छ । एमालेका बासुदेव घिमिरेले ७ हजार १७४ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं. ५ मा पनि रास्वपाका तौफिक अहमद खान बिजयी उन्मुख देखिनुभएको छ । खसेको ८४ हजार ८३८ मत मध्ये झण्डै ५० हजार गणना हुँदा १५ हजार ४४६ मतान्तरसहित अगाडि हुनुहुन्छ । खानले २३ हजार ११२ मत प्राप्त गर्दा एमालेका खिमलाल भट्टराईले ७ हजार ६६६ र कांग्रेसका भरत शाहले ७ हजार ५८४ मत मात्र प्राप्त गर्नुभएको छ ।