बर्दिया क्षेत्र नम्बर १ र २ मा रास्वपाको अग्रता
बर्दिया । बर्दिया क्षेत्र नम्बर १ र २ मा ताजा मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता बढाई रहेका छन् ।
ताजा अपडेट अनुसार क्षेत्र नम्बर १ मा ठाकुर सिंह थारु १६ हजार ६ सय ४७ मत प्राप्त गरेर फराकिलो मतले अघि हुनुहुन्छ । उहाँका प्रतिद्वन्द्वी एमालेका शालिकराम अधिकारीले ४ हजार ६ सय ५५, कांग्रेसका संजय गौतम २ हजार ७ सय ९८ र नेकपाका विष्णु चौधरीले १ हजार ९ सय ५३ मत पाउनुभएको छ ।
यसैगरी, क्षेत्र नम्बर २ मा रास्वपाका श्रीधर पोखरेलले ८ हजार ४ सय ९९ मत प्राप्त गरि अग्रस्थानमा हुनुहुन्छ । उहाँका प्रतिद्वन्द्वी कांग्रेसका किशोर सिंह राठौरले ६ हजार ४ सय ४४, नेकपाका सुरेश पन्थले ५ हजार ९४ र एमालेका विमला विकले २ हजार ८ सय ९२ मत प्राप्त गर्नुभएको छ ।