मुख्य समाचार

मत गणनाको नतिजा आउन बाँकी स्थान

काठमाडौं

बाग्मती प्रदेश नुवाकोट क्षेत्र नं १ मा मतगणना जारी रहेको छ । हाल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विक्रम तिमिल्सिना हाल अग्रस्थानमा हुनुहुन्छ् । उहाँले यो समाचार तयार पार्दासम्ममा १८ हजार ७ सय ३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार प्रकाश शरण महतले १५ हजार ४२९ पाउनुभएको छ ।

यस्तै सुदुरपश्चिम प्रदेशको अछाम–२ मा मतगणना जारी रहेको छ । हाल एमालेका उम्मेदवार यज्ञ बहादुर बोगटीले ८ हजार ४७३ मत पाउँदा काँग्रेसका पुष्प बहादुर शाहले ८ हजार १०५ मत प्राप्त गर्नुभएको छ ।

लुम्बिनी प्रदेशको बर्दियाको क्षेत्र न २ मा रास्वपाका श्रीधर पाख्रेलले यो समाचार तयार पार्दासम्मा २७ हजार १ सय ९२ मतसहित अग्र स्थान कायम राख्दा, नेकपाका सुरेश पन्थ १७ हजार ६ सय ७९ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

यसैबीच, गण्डकी प्रदेश अन्र्तगत गोरखाको दुवै निर्वाचन क्षेत्रमा रास्वपका उम्मेद्धारले अग्रता लिएका छन् । क्षेत्र १ मा रास्वपाका उम्मेदवार सुधन गुरुङले यो समाचार तयार पार्दासम्मा ८ हजार ९ सय ९२ मत प्राप्त गर्दै अग्रस्थानमा हुनुहुन्छ । नेपाली काँग्रेसका प्रेम कुमार खत्री ७ हजार ८ सय १४ मतसहित दोस्रो स्थानमा रहनुभएको छ । क्षेत्र नं २ मा भने रास्वपाका कविन्द्र बुर्लाकोटीले २४ हजार १ सय १ मत प्राप्त गर्दै अग्रस्थानमा हुँदा, काँग्रेसका प्रकाश चन्द्र दवाडीले ११ हजार १ सय २८ मत प्राप्त गर्नुभएको छ ।

उता स्याङ्जाको क्षेत्र न २ मा रास्वपाका झविलाल डुम्रे २५ हजार ३ सय ५४ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्प्रधी कंग्रेसका भागवतप्रकाश मल्लले २० हजार ८ सय ३० मत प्राप्त गर्नुभएको छ ।

कोशी प्रदेशको इलाम क्षेत्र न १ मा एमालेका काजीमान कागतेले यो समाचार तयार पार्दा ७ हजार ९ सय ९७ मतसहित अग्रता कायम राख्दा, श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बू ७ हजार ७ सय ५५ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

सुनसरी क्षेत्र न ४ मा रास्वपाका दीपक कुमार साह ३२ हजार ५ सय ९६ मतका साथ अग्र स्थानमा हुँदा, कंग्रेसका ज्ञानेन्द्र बहादुर कार्की १२ हजार ५ सय ७२ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको संखुवासभामा एमालेका अर्जुन कुमार कार्की ६ हजार १ सय ४९ मतका साथ अग्र स्थानमा हुँदा, रास्वपाका मिङमा शेर्पा ५ हजार ३८७ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

धनुषा क्षेत्र न १ मा कंग्रेसका रामपल्टन साह ८ हजार ५ सय १० मतसहित अग्र स्थानमा हुदा, नेकपाका मातृकाप्रसाद यादव ८ हजार ४ सय ४३ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।