मुख्य समाचार

सुशासन र समावेशिताका लागि न्यायपालिकाको भूमिका महत्वपूर्ण : सपना प्रधान मल्ल

काठमाडौं

सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकामा सुधारका लागि आफूहरुले काम गरिरहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै न्यायाधिश मल्लले न्यायाधिशहरुले फैसला मात्र नभई समग्र न्यायालयमा सुधारका लागि नेतृत्व गरिरहेको बताउनुभएको हो । 

मुलुकमा सुशासन र समावेशितालाई सुनिश्चित गर्न पनि डर र धम्कीको प्रभावमा नपरी न्याय सम्पादन गर्न आवश्यक भएको न्यायाधिश मल्लको भनाइ थियो । सुशासनको खोजीमा आफूहरुको समेत भूमिका रहने उहाँले उल्लेख गर्नुभयो ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पनि न्यायपालिकालाई जीवित र समावेशी संस्थाकै रूपमा अघि बढाउन खोजेको उहाँको भनाइ थियो ।