मुख्य समाचार

समानुपातिक तर्फको मतगणना सकियो

काठमाडौं

समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फको सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । 

मतगणना सकिएसँगै फारम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम भने जारी रहेको उहाँले बताउनु भयो । समानुपातिकतर्फको मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट संख्या निर्धारणको गृहकार्य समेत सुरु भएको आयोगले जनाएको छ । 

केही दिनमा यो प्रक्रियाले पूर्णता पाउने जनाइएको छ । समानुपातिकमा मुलुकभरबाट १ करोड ७ लाख ३२ हजार ९ सय ३२ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।