एमाले अध्यक्ष ओलीलाई पितृ शोक
काठमाडौंनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा अस्पतालमा निधन भएको हो ।
केही समय यता अस्वस्थ्य रहेका मोहनप्रसाद ओलीको उपचारका क्रममा बिहान ३ बजेतिर निधन भएको परिवारले जनाएको छ । उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीकालागि ओली निवास गुण्डु लगिएको छ ।
उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ओलीको सचिवालयले जनाएको छ । स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन् ।