एमालेद्वारा समानुपातिकतर्फ १६ जना सांसदको नाम सिफारिस
काठमाडौंएमालेले समानुपातिकतर्फ १६ सांसदको नाम टुंगो लगाएको छ । विभिन्न कलस्टरमा गरी एमालेले रामबहादुर थापा, कुलभक्त शाक्य, भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ , पद्मा अर्याल, टुका हमाल र यशोदा कुमारी बराललाई समानुपातिक सांसद बनाउने निर्णय गरेको हो ।
त्यस्तै, गुरु बराल र पुष्प कँडेल, कृपाराम राना थारु, विष्णुमाया बिके, निता घतानी, रिङला यादव र यशोदाकुमारी यादवको नाम टुंगो लागेको एमालेले जनाएको छ । एमालेले चन्देश्वर मण्डल र सजिता यादव सिद्दिकीलाई समेत समानुपातिक सांसद बनाउने निर्णय गरेको छ । यसैबीच, समानुपातिक सांसद छनोट लगायतका लागि रास्वपा र नेपाली कंग्रेसको बैठक भोलि बस्दैछ ।