मुख्य समाचार

चुनावी नतिजाबारे विभिन्न तहमा समिक्षा भइरहेको छ : एमाले

काठमाडौं

पछिल्लो निर्वाचनपछि प्रतिनिधिसभामा तेस्रो स्थानमा खुम्चिएको एमालेले चुनावी नतिजाबारे विभिन्न तहमा समिक्षा भइरहेको बताएको छ । निर्वाचनमा व्यहोरेको पराजयबारे स्थानीय तहदेखि जिल्ला र प्रदेश तहमा समिक्षा भइरहेको र केन्द्रमा पछि मात्र समिक्षा गरिने आज बसेको सचिवालयको बैठकपछि एमालेका नेताहरुले बताएका छन् । 

जेन जी आन्दोलनबारे सही जानकारी आम नागरिकमाझ सम्प्रेषण गर्न नसकिएको उपमहासचिव लेखराज भट्टको भनाइ छ । जेन जी आन्दोलनपछि पार्टी र नेतृत्वविरुद्ध गलत भाष्य खडा हुँदा जनमत खस्किएको एमालेको भनाइ छ ।