मुख्य समाचार

मनकामनाबाट फर्कदै गरेको माइक्रो वस दुर्घटना हुदाँ ७ जनाको मृत्यु

- हरिराम उप्रेती गोरखा

गोरखा–मनकामना मन्दिर दर्शन गरेर फर्कदै गरेका तिर्थयात्री वोकेको माइक्रो वस दुर्घटनामा ७ जनाको मृत्यू भएको छ । मृतक दुइ महिला र ५ पुरुष मनकामना दर्शन गर्न आएका भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

शहिद लखन–३ कान्टारमा सडकबाट करिव डेड सय मिटर तल खसेर बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोवस दुर्घटना भएको हो ।

माइक्रोमा मनकामना दर्शन गर्न आएका १४ जना तिर्थयात्री र चालक र सहचालक गरेर १६ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुरज अर्यालले बताए ।

घाइते ७ नाको भने उद्धार गरेर आवुखैरेनी अस्पताल पु¥याइएको छ । घटनाको विस्तृत विवरण आउनै वाँकी रहेको पनि प्रहरीले जनाइएको छ ।