गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस
काठमाडौंसरकारले राष्ट्रिय सभाको रिक्त पदमा वर्तमान मन्त्रीपरिषद्का गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्तिका लागि सिफारिस गरेको छ । राष्ट्रिय सभामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने एक सिट रिक्त थियो ।
मन्त्रिपरिषद्को आजको बैठकले अर्याललाई राष्ट्रिय सभाको सो रिक्त सिटमा मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । कानून व्यवसायी अर्याल जेन जी आन्दोलनपछि गठित सरकारमा मन्त्री बन्नुभएको हो ।