मुख्य समाचार

सरकार गठनका लागि अझै १० दिनसम्म लाग्न सक्ने रास्वपाको भनाइ

काठमाडौं

प्रतिनिधिसभामा झन्डै दुई तिहाइ बहुमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकार गठनका लागि अझै १० दिनसम्म लाग्न सक्ने बताएको छ । 

निर्वाचनपछि समानुपातिक सांसद चयन लगायत काम बाँकी रहेकाले सरकार गठनको प्रक्रिया शुरु हुन नसकेको सो पार्टीको भनाइ छ । पार्टीको सचिवालय बैठकपछि रास्वपाका प्रवक्ता मनिष झाले भन्नुभयो ।

यसैबीच, रास्वपाले संसदीय दलको नेतासम्वन्धि विधानको व्यवस्था परिमार्जन गर्ने भएको छ । संसदीय दलको नेता पार्टीको साधारण सदस्यबाट निर्वाचित गर्नुपर्ने प्रावधान रहेकाले त्यसलाई संसोधन गरेर वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बन्ने बाटो खुला गर्ने रास्वपाको तयारी हो । विधान संसोधनको निर्णय केन्द्रिय समितिले गर्ने प्रवक्ता झाले बताउनुभयो ।

रास्वपाले चुनावअघि नै वरिष्ठ नेता शाहलाई प्रधानमन्त्री बनाउने घोषणा गरेको थियो ।