आयल निगमको असक्षमताका कारण ग्यासको अभाव देखियो : राष्ट्रिय उपभोक्ता मञ्च नेपाल
काठमाडौंराष्ट्रिय उपभोक्ता मञ्चले नेपाल आयल निगमको असक्षमताका कारण नेपालमा खाना पकाउने ग्यासको अभाव देखिएको बताएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले नेपालमा खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको समस्या देखिनुमा बाह्य प्रभाव कुनै नरहेको जिकिर समेत गर्नुभयो ।
नेपाल आयल निगमको व्यवस्थापकीय असक्षमता र सूचना लुकाएको कारणले खाना पकाउने ग्यासको समस्या मुलुकमा आएको मञ्चका अध्यक्ष महर्जनको आरोप थियो ।
अध्यक्ष महर्जनले खाना पकाउने ग्यासको अभाव हुनुमा कालोबजारीले पनि काम गरेको दाबी गर्नुभयो । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले उपभोक्ताहरूको हित संरक्षणका लागि विद्यमान कानुननै पुनर्लेखन गर्न आवश्यक रहेको बताउनु भयो ।