मुख्य समाचार

प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै जेन–जीको निरन्तर प्रदर्शन

काठमाडौं

२३ र २४ भदौको घटना छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै जेन–जी अभियन्ताहरूले आफ्नो प्रदर्शनलाई निरन्तरता दिएका छन्। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगले २४ फागुनमा प्रतिवेदन बुझाएको भए पनि सरकारले सार्वजनिक गरेको छैन।

प्रतिवेदन सार्वजनिक गर्न दबाब दिँदै आएका जेन–जी अभियन्ताहरूले काठमाडौँको माइतीघर मण्डलामा आज पनि आफ्नो प्रदर्शनलाई निरन्तरता दिएका हुन् । 

गत ५ असोजमा गठित आयोगलाई २३ भदौको जेन–जी आन्दोलनमा भएको दमन र २४ भदौको तोडफोड तथा आगजनीका घटनाबारे छानबिन गर्न कार्यादेश दिइएको थियो।३ महिनाको अवधि पाए पनि समयमै काम नसकेपछि पटक–पटक आयोगको म्याद थपिएको थियो।