मुख्य समाचार

जिम्मेवार भएर प्रस्तुत हुन सांसदहरुलाई सभापतिको निर्देशन

काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अबको ५ बर्ष सहज नभएकाले जिम्मेवार भएर प्रस्तुत हुन पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ । 

ललितपुरस्थित आयोजित सांसदहरुको अभिमुखीकरण कार्यक्रमको समापनमा बोल्दै सभापति लामिछानेले रास्वपाको जित मुलुककै जित ठानेर अघि बढ्नुपर्ने बताउनुभयो ।

सांसदहरुले अनुशासन उल्लंघन गरेमा पदबाट फिर्ता बोलाइने लामिछानेको भनाइ थियो । सभापति लामिछानेले मन्त्री बन्नका लागि मिडिया ट्रायल नगर्न आग्रह समेत गर्नुभयो ।

रास्वपा सभापति लामिछानेले वर्तमान व्यवस्था र संविधानप्रति पार्टीको प्रतिबद्धता अटल रहेको स्पष्ट पार्नुभयो । शासकीय स्वरूपमा आवश्यक सुधार गर्नुपर्ने बताउनुभयो ।

रास्वपाले नवनिर्वाचित सांसदहरुका लागि दुई दिनको तालिम आयोजना गरेको हो । संसदीय अभ्यास लगायत बिषयमा उनीहरुलाई तालिम दिइएको रास्वपाले जनाएको छ । कार्यक्रममा वरिष्ठ नेता बालेन्द्र शाह भने स्वास्थ्यको कारण देखाउँदै सहभागी हुनुभएन ।