मुख्य समाचार

कपिलवस्तुको बर्गदामा निषेधाज्ञाको क्षेत्र थपियो

- मनोज पौडेल/कपिलवस्तुकपिलवस्तु

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको बर्गदा गाउँमा दुई समुदायबीचको विवादले उग्ररुप लिएपछि स्थानीय प्रशासनले थप क्षेत्रमा निषेधाज्ञा लगाएको छ । 

आज अपरान्ह एक बजेबाट पूर्वमा लबनी चोकदेखि पश्चिममा बर्गदीघाट पुलसम्म र दक्षिणमा धर्मभक्त माध्यमिक विद्यालयदेखि उत्तरमा पचेहरा चोकसम्म निषेधाज्ञा जारी गरिएको हाम्रा सहकर्मीले जनाएका छन् ।

 निषेधाज्ञा लगाइएको क्षेत्रमा कपिलवस्तु नगरपालिका, मायादेवी र शुद्धोदन गाउँपालिकाका विभिन्न स्थान छन् । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आदेश उल्लघंन गर्नेलाई कानुन अनुसार नियन्त्रणमा लिई कारबाही गरिने बताउनुभएको छ । अर्को आदेश नभएसम्म ती क्षेत्रमा भेला, सभा, जुलुस र प्रर्दशन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको हो ।