मुख्य समाचार

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु

काठमाडौं

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेर अघि सुरु भएको हो । केही दिन यता जारी बैठकमा पुरानै एजेन्डामा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् । 

सभापति गगनकुमार थापाले आगामी भदौको अन्तिम साता १५औँ महाअधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेपछि सोही विषयमा केन्द्रीय सदस्यहरुको धारणा राख्ने क्रम सुरु हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

 बैठकमा समसामयिक, सुशासन स्थापना, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन, केन्द्रीय निर्वाचन समिति गठनबारे पनि छलफल हुने बताइएको छ ।