राष्ट्रपति पौडेलद्वारा संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान
काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ। राष्ट्रपति पौडेलले चैत १९ गते दिउँसो २ बजे संघीय संसद भवन सिंहदारबारमा अधिवेशन आह्वान गर्नुभएको हो ।
नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गर्नुभएको हो । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गर्नुभएको हो । यसअघि आज अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।