सार्वजनिक यातायातमा नयाँ भाडादर लागू
काठमाडौंसरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी र ढुवानीका सवारीको भाडा समायोजन गरी आजैदेखि लागू गर्ने जनाएको हो । विभागले गत आइतवारभाडा समायोजनका लागि आवश्यक फाइल मन्त्रालयमा पेस गरेको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको मन्त्रीस्तरीय निर्णयबाट आज सो प्रस्तावलाई स्वीकृत गरेसँगै नयाँ भाडा दर कार्यान्वयनमा आएको हो ।यात्रुवाहक सवारीको भाडा १६ दशमलव ७१ प्रतिशतले वृद्धि गरिएको छ भने मालवाहक सवारी साधनको भाडा पनि उल्लेख्य वृद्धि भएको छ ।
पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१दशमलव ६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५दशमलव७५ प्रतिशतले बढाइएको छ ।