पूर्वप्रधानमन्त्री देउवा र पूर्वपरराष्ट्रमन्त्री राणाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौंपूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडाले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान विभागको पत्रका आधारमा देउवा र राणाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
न्यायाधीश महेन्द्र खड्कीको इजलासले पक्राउका लागि अनुमति दिएको अदालतका एक अधिकारीले कान्तिपुरलाई जानकारी दिए । यसअघि समेत देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणका विषयमा छानबिन भइरहेको थियो।
रेड नोटिस जारी गर्नका लागि देउवा दम्पती विरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो।सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा तानिएका पूर्वप्रधानमन्त्री देउवा अहिले देश बाहिर रहेकाले पक्राउका लागि रेड नोटिस जारी गर्ने तयारी भएको छ ।