मुख्य समाचार

उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं

प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । संसद सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ताका लागि बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिएको छ । 

आज दिउँसो २ः३० बजे उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार प्रकाशन गर्ने प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रकाशन गरेको सूचनामा उल्लेख छ । भोलि उपसभामुखको निर्वाचन हुने भएको छ । 

संविधान अनुसार सभामुख र उपसभामुख फरक–फरक लिङ्ग र फरक–फरक हुनुपर्ने व्यवस्था छ । सभामुख पुरुष निर्वाचित भइसकेकाले उपसभामुख अनिवार्य महिला नै हुनु पर्ने छ । प्रतिनिधिसभामा रास्वपा १८२ सांसदसहित सहज एकल बहुमतमा छ । कांग्रेसका ३८, एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसद छन् ।