मुख्य समाचार

प्रतिनिधिसभाको उपसभामुखमा रुवीकुमारी ठाकुर निर्वाचित

काठमाडौं

प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारी ठाकुर निर्वाचित हुनु भएको छ । रुवीलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा २ सय २९ सांसदले मतदान गरेका थिए । 

सो प्रस्तावको विपक्षमा ५ सांसदले मतदान गरे । रुवीलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा राप्रपाका सांसदले मतदान गरेका हुन् ।२२ सांसदले भने पक्ष र विपक्ष कतै पनि मतदान गरेनन् । सोप्रस्तावमा मतविभाजन गर्दा प्रतिनिधिसभा बैठकमा २ सय ५६ सांसद उपस्थित थिए ।