मुख्य समाचार

कानुन संशोधन गर्ने कार्यलाई फास्ट–ट्रयाकमा अघि बढाउछौँ : सभामुख अर्याल

काठमाडौं

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले कानुन संशोधन गर्ने कार्यलाई फास्ट–ट्रयाकमा अघि बढाउने बताउनुभएको छ । निष्पक्ष, इमान्दार र तटस्थ भएर नेपाली जनता र देशका लागि संविधानले परिकल्पना गरेको व्यवस्था अनुसार आफूले काम गर्न चाहेको सभामुख अर्यालले बताउनुभयो ।

गृहजिल्ला धादिङमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख अर्यालले व्यवस्थापिकाको तर्फबाट कार्यपालिका र तीन तहको सरकारसँग समन्वय गर्ने समेत बताउनुभयो । तीनै तहका कानुन नबाझिने गरी समन्वय गरेर काम गर्नेमा आफ्नो ध्यान केन्द्रीत हुने उहाँको भनाइ थियो ।