मुख्य समाचार

राज्य सञ्चालनमा नयाँ पुस्ताको आगमनलाई सकारात्मक लिनुपर्ने पूर्वराजा शाहको भनाइ

काठमाडौं

पूर्व राजा ज्ञानेन्द्र शाहले नयाँ बर्षको अवसरमा शुभकामना दिदै राज्य सञ्चालनमा नयाँ पुस्ताको आगमनलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभएको छ । पूर्व राजा शाहले गत निर्वाचनपछि राजनीतिमा नयाँ पुस्ताको उपस्थितिलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभएको हो ।

मुलुकमा चौतर्फी समस्या भएको भन्दै पूर्वराजा शाहले व्यक्ति बदलेर मात्र देशमा परिवर्तन हुन नसक्ने बताउनुभयो । सबै पक्षको सहमति अनुसार अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

विगतको तुलनामा राजनीतिक शक्ति र मुलुकको अवस्थाबारे पूर्वराजा शाहले यसपटक नरम अभिव्यक्ति दिनुभएको हो ।