मुख्य समाचार

विधान विपरित कार्य नगर्न सभापति थापाको चेतावनी

काठमाडौं

नेपाली कांग्रेसले १५ औं महाधिवेशनलाई लक्षित गरेर क्रियाशील सदस्यताको अद्यावधिक गर्न देशव्यापी अभियान शुरु गरेको छ । पार्टीको आधिकारिताको विवादमा रुमलिएका बेला कंग्रेसले सो अभियानको थालनी गरेको हो । सभापति गगन थापाले काठमाडौं महानगरपालिकाको वडा नम्वर ३० स्थित वडा कार्यसमितिको कार्यालयमा गएर सदस्यता अद्यावधिक गर्दै अभियान सुरू भएको घोषणा गर्नुभयो ।

कांग्रेसले सम्वन्धित वडामै गएर सदस्यता अद्यावधिक गर्ने कार्यलाई ’जरा अभियान’ नाम दिएको छ । थापा नेतृत्वको कार्यसमितिलाई मान्यता नदिएको पूर्व सभापति शेरवहादुर देउवा पक्ष भने अभियानमा सहभागी भएको छैन । यसैबीच, सभापति थापाले पार्टीलाई सहमतिमा अघि बढाउन चाहेकाले विधान भन्दा बाहिर गएर काम नगर्न चेतावनी दिनुभएको छ ।

पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको लेटरप्याड प्रयोग गरेर क्रियाशील सदस्यता लगायत बिषय उठाएपछि संस्थापन पक्ष रुष्ट भएको छ । सभापति थापाले क्रियाशील सदस्यताको बिषयमा विवाद नगर्न आग्रह गर्नुभयो ।

नेता खड्काले क्रियाशील सदस्यताको अद्यावधिकलाई लिएर कार्यवाहक सभापतिकै हैसियत प्रयोग गरी दुई पेजको वक्तव्य सार्वजनिक गर्नुभएको थियो । नेता खड्काको कदमलाई लक्षित गर्दै सभापति थापाले भन्नुभयो ।

खड्कामाथि सम्भावित कारवाहीको निर्णय गर्न कंग्रेसले भोलि अनुशासन समिति र कार्यसम्पादन समितिको बैठक समेत बोलाएको छ ।