संघीय संसदका दुवै सदनका १६ वटा समितिले पाए पूर्णता
काठमाडौंसंघीय संसदका दुवै सदनका समितिहरुले पूर्णता पाएका छन् । विगतमा संसदीय समिति गठन गरी नेतृत्व चयन गर्न महिनौसम्म लाग्ने अवस्था रहँदै आएकोमा यो पटक नयाँ सदनको पहिलो बैठक बसेको १६ दिनपछि समितिले सभापति पाएका छन् ।
दुई वटा संयुक्तसहित १२ वटा समितिमध्ये ४ वटामा महिला सांसद सभापति भएका छन् । मिनि संसदको रुपमा लिइने समितिले छोटो समयमा नै पूर्णता पाउनुलाई संसदको प्रभावकारितातर्फको महत्वपूर्ण कदम मानिएको छ ।