मुख्य समाचार

कांग्रेस संसदीय दलको नेता चयनका लागि वैशाख ११ गते मतदान हुने

काठमाडौं

नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि यही वैशाख ११ गते मतदान हुने भएको छ । कांग्रेस संसदीय दलको नेता निर्वाचन समितिले आज जारी गरेको निर्वाचन कार्यक्रम अनुसार वैशाख ९ गते दिउँसो १ बजे विधान तथा निर्वाचन निर्देशिकासम्बन्धी सांसदहरुसँग छलफल राखिएको छ । 

त्यसको भोलिपल्ट वैशाख १० गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गर्ने र साढे १ बजे मतदाता नामावली उपर दावी विरोध गर्ने तालिका रहेको छ । सोही दिन दिउँसो २ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने रहेको छ । 

यस्तै, वैशाख ११ गते बिहान ११ देखि १२ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । सोही दिन अपराह्न ४ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ । मतदान सकिए लगत्तै मतगणना हुने निर्वाचन समितिका संयोजक प्रकाश रसाईली स्नेहीले जनाउनुभएको छ ।