सुधन गुरुङद्वारा गृहमन्त्री पदबाट राजीनामा
काठमाडौंशेयरमा लगानी र विवादास्पद व्यवसायीसँगको साझेदारीका कारण विवादमा परेपछि रास्वपाका नेता सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका छन् । चैत १३ गते बनेको बालेन्द्र शाह नेतृत्वको सरकारमा गृहमन्त्री भएका गुरुङले सरकार गठन भएको एक महिना पुग्न ४ दिन बाँकि रहँदा पद छाडेका हुन् ।